सुन–चाँदी दुवैको भाउ आज सामान्य बढ्यो
काठमाडौं,३० जेठ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार छापावाल सुन १ लाख ४१ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरि, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्