पार्टी एकतामा शंका उपशंका नगर्नुस्, मजदुरको हक अधिकारलाई सम्बोधन गर्न तत्पर छौं ः अध्यक्ष प्रचण्ड     

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  कम्युनिष्टहरु एकता हुनेमा कुनै शंका नभएको बताउदै यसमा सबै पक्षलाई विश्वस्त हुन आग्रह गरेका छन् ।

१२९ औं मजदुर दिवसको अवसरमा मंगलवार राजधानीमा आयोजित कार्यक्रमलाई समबोधन गर्दै यस्तो कुरा बताएका हुन् । कम्युनिष्टहरुलाई एकतावद्ध गराउने अवसर मिलेको छ । यसलाई हामी कुनै हालतमा गुमाउने छैनौं’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाल समाजवादको आधार निर्माण गर्ने नयाँ युगतिर गईरहेको छ । यसका लागि हजारौं नेपालीहरुले जीवनको बलिदान दिएका छन् ।’

उनले आफ्नो पार्टीले मजदुरको हक अधिकार, विकास,  धनी र गरीबबीचको खाडल मेटाउन थुप्रै प्रयास र परिकल्पना गरेको  धारणा व्यक्त गरे । उनले मजदुरको हक अधिकार र माग सम्बोधन गर्न पार्टी र सरकार तत्पर रहेको कुरा बताए । उनले नेपाल र नेपालीको उज्वल भविष्य राजनीतिक नेतृत्वसहित सबै श्रमजीविहरुको काँधमा रहेको उल्लेख गर्दै यसको लागि सर्बको सहयोग आवश्यक रहेको कुरा उल्लेख गरे ।

‘यस वर्षको मई दिवस नयाँ उपलब्धीका साथ मनाईरहेका छौं । यो उपलब्धी हामीले सशस्त्र र शान्तिपूर्ण संघर्षका श्रृंखला पश्चात प्राप्त गरेका हौं,’ उनले भने अध्यक्षले यस वर्षको मई दिवस गर्व र विजयीभावका साथ मनाईरहेको बताए । उनले पार्टी एकतामा बसैको शंका र भ्रम छ भने त्यसलाई हटाउन उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्