स्वास्थ्य क्षेत्रलाई अझ बढी प्राथमिकता दिनुपर्छ, प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई अझ बढी प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नेपाल स्वयम्सेवी रक्तदाता समाजको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उनले रक्तदान नै सबैभन्दा ठूलो पूण्यको काम भएको हो भने ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ भगवान कोईरालाले रगत संकलन हुँदा पनि प्रविधिको अभावले सदुपयोग हुुन नपाउँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्