सरकार शासन गर्नका लागि होइन, जनताको सेवा गर्नका लागि होः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश ५ को प्रदेशसभा बैठकलाई बुटवलमा सम्बोधन गर्दै सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने बताउँदै “सिन्डिकेट तोड्न खोज्दा निकै प्रतिरोध हुन खोज्यो । म भन्न चाहन्छु, अनुचित कुरासँग यस सरकारले कुनै सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ । मैले धेरै ठाउँमा भनेको छु, म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्न ।”
प्रधानमन्त्री ओलीले लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको भन्दै देशलाई सम्बृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गरे । उनले सरकार साशन गर्नका लागि नभइ जनताको सेवा गर्नका लागि गठन भएको भन्दै भ्रष्टाचार, अनियमितता र घुसखोरी बिरुद्ध नागरिकको रक्षक भएर उभिन समेत निर्देशन दिए।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएका कारण प्रदेश ५ मा निकै ठूला अवसर रहेको भन्दै उनले धार्मिक, सास्कृतिक र अन्य पर्यटन, कृषि, उद्योग, व्यापार लगायतका धेरै सम्भावना भएकाले यसको योजनाबद्ध विकासमा लाग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले आइतबार पहिलो पटक प्रदेश सभामा सम्बोधन गरेका हुन।
प्रतिक्रिया दिनुहोस्