काँग्रेसले गुप्तालाई टिकट दिनुनै कार्यकर्ताको उच्च मुल्याँकन

श्यामबाबु गुप्ताको राजनीतिकका साथै सामाजिक सेवामा पनि उत्तिकै लगानी रहेको छ । आज भन्दा ३३ वर्ष अघि बारा जिल्लाको सिमरामा जन्मेका गुप्ता १५ बर्षको छँदादेखी नै सक्रिय रुपमा समाज सेवाका साथै राजनीतिमा होमिए । उनको राजनीतिक यात्रा २०५६ सालबाट नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलमा आवद्ध भइ सक्रिय राजनीतिको सुरुवात गरेका हुन । बाल्यकालदेखि नै निडर र हक्की स्वाभावका गुप्ता सिमराका प्रतिष्ठित व्यापारिक घरानाका व्यक्ति समेत हुन् ।
आफ्नो पुरा समय नेपाली काँग्रेसको राजनीतिमा खर्चेका गुप्ता गढिमाई नगरपालिकाको नेपाली कांग्रेसको निर्वाचित सभापति पनि हुन् । गुप्ताले आफ्नो क्षेत्रमा चर्चित र युवाहरुबीच अत्यन्त लोकप्रिय युवा नेताको छबी बनाएका छन् । युवा नेता गुप्ता सशस्त्र द्वन्दकालमा ४३ दिन जेल जीवन समेत बिताएका थिए । तत्कालिन नेकपा माओवादीले सिमरामा गर्न लागेको भिषण आक्रमणलाई बिफल तुल्याउन खोज्दा उल्टै सरकार पक्षबाट गुप्ताले विभिन्न कष्ट र यातना सहनु परेको थियो । सामाजिक न्याय र परिवर्तनका लागि आफ्नो क्षेत्रमा भएका बिभिन्न प्रकारका आन्दोलनको अगुवाई गर्दै क्लीन सोसाईटी नेपाल नामक संस्थाको नेतृत्व समेत गरे । यसरी राजनीतिक र सामाजिक दुबै कार्यलाई संगसंगै लग्दै गुप्ताले लोकप्रियता हासिल गरि प्रतिष्ठा कमाएका छन् ।


गढिमाई नगरपालिकाको पार्टी सभापतिका रुपमा निर्वाचित भए यता गुप्ताले साविक भन्दा दोब्बर जनतालाई नेपाली कांग्रेसमा संगठित गरिसकेका छन् । भ्रष्टाचार मुक्त समाज निर्माणका लागि गुप्ताले आफ्नो क्षेत्रमा बृक्षारोपण, जनाचेतना अभियानका साथै नमुना कार्यक्रम गरि समाजसेवामा समर्पित हुँदै आएका छन् । सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो अगुवाईमा आफ्नो क्षेत्रमा नियमित अनुगमन, सामाजिक कार्यमा आफ्नो क्षेत्रमै निवास्र्थ भावले सबैभन्दा बढि आर्थिक तथा भौतिक सहयोग गर्नु उनले आफ्नो दायित्व नै सम्झन्छन् ।


नेपाली काँग्रेसले गुप्ता जस्तो प्रतिष्ठित र जनताको लोकप्रिय कार्यकर्तालाई प्रदेश वा प्रतिनिधि सभामा उभ्याउँदा पार्टीको जीत सुनिश्चित र गरिमा बढ्ने स्थानिय स्तरका जानकारहरु बताउँछन् । उनी आफ्नो पार्टी लगायत अन्य पार्टीका व्यक्तिहरुलाई समेत मिलाएर लान सक्ने क्षमता भएको स्थानीयहरुको बुझाई छ । उनीे यूवा, महिला, बृद्ध, बृद्धा लगायत सबै पक्षलाई मिलाएर लैजान सक्ने, समाजको विकासको निम्ति केही गरौँ भन्ने सोच भएकाले उनलाई पार्टीको जिम्मेवार निकायमा ल्याउने गृहक्षेत्रका जनताहरुको सोच रहेको पाईन्छ । यदि पार्टीले उनको लोकप्रिय र प्रतिष्ठाको मुल्याँकन गर्ने हो भने गुप्ताले कुनै पनि हालतमा टिकट पाउनुपर्ने स्थानियहरुको दावी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्