कांग्रेसमा उपसभापतिको लफडा : श्रेष्ठ र गच्छादारको रस्साकस्सी !
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले हिजो उपसभापतिमा दाबी गरेका छन ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आ–आफूले उपसभापति पाउनुपर्ने माग गरे । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिनुभएको बताए ।
गच्छदारअघि बोल्नुभएका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गर्नुभएको थियो । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्