नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
१९७८ सालमा काठमाडांैमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए ।
उनी नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय भएका थिए ।
‘भारत छोड’ आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।
२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस्