सुनको मूल्यमा तोलामै २,००० रुपैयाँले बढ्यो

काठमाडौं,२० फागुन । सुनको भाउ फेरि ऐतिहासिक उचाइ नजिक पुगेको छ । आइतबार एकैदिन सुनको मूल्य तोलामै २,००० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको छ ।

यसअघि पुस महिनाको २२ गते सुनको भाउ हालसम्मकै उच्च विन्दु १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । अहिले सुनको भाउ फेरि बढोत्तरी मूल्यमा पुग्न लागेको छ ।

आज आइतबार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्