सुनको मूल्यमा वृद्धि, चाँदीको भने सामान्य घट्यो
काठमाडौं,१८ फागुन । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । यस दिन सुन प्रतितोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।
बिहीबार छपावाला सुन प्रतिोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो
यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३९० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्