अब धरहराको पुनर्निर्माण यथाशक्य सक्ने गरि सुरु गरिन्छ, प्रधानमन्त्री ओली

काठमाडौं ।  बिनाशकारी भूकम्पको सम्झनामा आज विविध कार्यक्रम हुँदैछन् । यसैक्रमका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा परिसरमा आयोजित कार्यक्रमको बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्ष अघि आएको महाभूकम्पका कारण ढलेको धरहराको पुनर्निर्माण यथाशक्य सक्ने गरि सुरु गरिने बताउनुभएको छ ।

हाँले मै बनाउँछु मेरो धरहरा भन्ने अभियानलाई सार्थक पार्ने बताउनुभएको हो । भूकम्पपछि जस्तो थियो अहिले पनि त्यस्तै रहेको भन्दै उहाँले पुननिर्माणले गति लिन नसक्नु दुखद रहेको बताउनुभयो । धरहरा व्यापारिक प्रयोजनका लागि नभई इतिहास तथा कला संस्कृतिको संरक्षण हुने गरि बनाइने बताउनुभयो ।

हाम्रा संकल्पलाई फेरि ब्युझाउने र ब्युताउने भन्दै उहाँले त्यसलाई अब सार्थक पार्न जस्तोसुकै उपाय अवलम्बन गर्ने बताउनु भयो । काष्ठमाण्डप, धरहरा, बसन्तपुर, रानीपोखरी जस्ता ऐतिहासिक, धार्मिक सम्पताको पुननिर्माण जतिसक्दो चाँडो बनाइने बताउनुभयो । कार्यक्रममा भूकम्पमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिने र प्राधिकरणले हालसम्म गरेका कामबारे जानकारी दिइने प्राधिकरणका प्रवक्ता यामलाल भुसालले जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो काठमाडौं दरवार परिसरको अवलोकन गर्ने कार्यक्रम छ । भूकम्पमा क्षति पुगेको दरबार परिसरका ऐतिहासिक सम्पदाको हाल पुनर्निर्माणको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्