सुनको भाउ तोलामा १२ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ घट्यो

काठमाडौं,२ फागुन । सुनको भाउ बुधबार प्रतितोला १२ सय रुपैयाँ  र चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख १७ हजार ७०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९२.३८ डलरमा र चाँदी प्रतिऔंस २२।०४ डलरमा कारोबार भइरहेको छ ।  विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्