सिरहा कांग्रेसमा खुकुरी हानाहान क्षेत्रीय सभापति सहित १० जना घाइते

सिरहा । उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।

झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, देबनाथ सहनी, राजेश्वर यादव, बुधन यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए ।

कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् ।

कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि असन्तुष्ट उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्