पर्याप्त समय निकाल्न नसक्दा एकताको मिति सरेको होः अध्यक्ष प्रचण्ड
काठमाडौं । मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पार्दै उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए ।
अध्यक्ष दाहालले दुवै पार्टीको अध्यक्ष बसेर मिति तोक्ने सहमति र पार्टी एकताको घोषणाका लागी मिति तोक्ने विषयमा छलफल भएको समेत जानकारी दिए ।
दाहालले भने ‘त्यस्तो जटिल केही होइन, १४ गते मिति तोक्ने गरी समझदारीमा छौँ, मे १ वा मे ५ भित्रमा एकता होस भन्ने कोशिश छ ।’
पार्टी एकताका लागि समय छुट्याउन नसकेको पनि उनले उल्लेख गरे । दाहालले भने ‘दुई अध्यक्षले पर्याप्त समय निकाल्ने हो भने टुङ्गिने तिर जान्थ्यो, दुईचार दिन ढिलो होस भन्नेतिर हाम्रो ध्यान केन्द्रित छ ’ ।
प्रतिक्रिया दिनुहोस्