कांग्रेस केन्द्रीय कार्यसमितिको समिक्षा बैठक सानेपामा, नेताहरुको आरोप प्रत्यारोप जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
निर्वाचन पराजयको समीक्षा गर्न चैत ९ देखि जारी केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्य गगन थापालगायतले धारणाा राख्नृ कार्यसूची रहेको छ । बैठकमा हालसम्म ६० जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । नेताहरु आपसी आरोप प्रत्यारोपमा उत्रिँदा बैठकले चुनाबको वस्तुनिष्ठ समीक्षा गर्न सकिरहेको छैन ।
केन्द्रीय सदस्यले आफ्नो भनाई राखिसके पछि सभापति शेरबहादुर देउवाले पदाधिकारी टुंगो लगाउने तयारी गर्नुभएको छ । सभापति देउवाले बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी गरेको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्