पार्टी एकता गर्न अध्यक्षलाई दवाव, नेता श्रेष्ठ एमाले प्रवेशको तयारीमा
काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अन्तिममा पुगेको धेरै पटक बताएता पनि यसले निकास नपाउँदा कार्यकर्ता निरास भएका छन्।
एकता प्रक्रिया लम्बिदै जाँदा माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष प्रचण्डलाई एकता तत्काल गर्न दबाब दिंईरहेको छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एकता नभए आफू एमालेमा प्रवेश गर्नेसम्मको तयारीमा पुगेको स्रोतको दाबी छ । त्यस्तै यतिवेला प्रचण्डसँग भन्दा ओलीसँग बढि नजिकिने माओवादी केन्द्रका नेताहरुमा श्रेष्ठसँगै टोपबादुर रायमाझी, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बहादुर बस्नेत लगायतका नेता रहेका छन् ।
प्रचण्डको पक्षमा भने गृहमन्त्री रामबहादुर थापा ‘बादल, उर्जामन्त्री वर्षमान पुन र हरिबोल गजुरेल रहेका छन् । प्रचण्डले एमालेसँगको एकताको लागि ५०/५० को बटमलाई अघि सारेका छन् । तर उनकै पार्टीका बरिष्ठ नेता श्रेष्ठ लगायत अन्य नेताहरु भने त्यस्तो कुरा गर्न नहुने पक्षमा उभिएका छन् ।
श्रेष्ठले आफू निकटसँग भन्ने गरेका छन्,‘ त्यस्तो कुरा नगरौं, बरु समानताको आधारमा मात्रै कुरा गरौं, ५०र५० को कुराले एकतामा अप्ठ्यारोमा पर्छ।’एमाले भन्दापनि माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकतामा अब ढिलाई गर्न नहुने पक्षमा छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका नेताहरुको हिमचिम अहिले बाक्लिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेताहरुको यतिवेला आफ्ना पार्टीका अध्यक्ष प्रचण्ड भन्दा पनि एमाले अध्यक्ष ओलीसँगको सामिप्यता र घनिष्ठता देखिएको छ । यस किसिमको दवावले पार्टीमा थप बल पुगेको स्रोतको दावी छ ।
प्रतिक्रिया दिनुहोस्