कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि सानेपामा जारी

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको समिक्षा बैठक आज पनि बसिरहेको छ । निर्वाचन समिक्षा तथा भावी कार्ययोजना निर्माण गर्न बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको हो ।

यसअघि हिजो बोल्ने अघिकाँस सदस्यले पार्टी नेतृत्वका कारण निर्वाचनमा पराजय भएको भन्दै आलोचना गरेका थिए । आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो ।

त्यसअघि ६ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यले आफ्नो भनाई राखिसके पछि सभापति शेरबहादुर देउवाले पदाधिकारी टुंगो लगाउने तयारी गरेका छन् ।

सभापति देउवाले बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्