संगीतकार कलाकारलाई राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्ने बताएका छन् ।

मेची महाकाली साङ्गीतिक अभियानको शुक्रवार काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले कलाकार र संगीतकारलाई राज्यको तर्फबाट सम्मान, प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सँधै लागि पर्ने बताएका थिए।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको स्मरण गर्दै उनले अब संगीतकार कलाकारलाई राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

अभियानमार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको उनको भनाई थियो । निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाएकाले गणतन्त्रमा झनै यो क्षेत्रको प्रवर्द्धन हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्