वाम गठबन्धन र कांग्रेस–नयाँ शक्तिबीच कडा टक्कर
काठमाडौं । गोरखामा कांग्रेस र नयाँ शक्तिबीच तालमेल भएको छ जसले गर्दा वाम गठबन्धन सँग कडा प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीबाट चुनाव जितेर प्रधानमन्त्री समेत भईसकेका डा. बाबुराम भट्टराई अन्तिममा आएर कांग्रेससँग तालमेल गर्ने भएका छन् ।
यसअघि एमाले–माओवादीको बाम गठबन्धनमा सहभागी पनि भएका थिय पछि आफूले गोरखा–२ बाटै चुनाव जित्नै पर्ने र त्यसको लागि उमेदवार बन्ने बताएपछि छुट्टिएका थिए । त्यस्तै माओवादीका वरिष्ठ नेता नारयणकाजी श्रेष्ठले पनि गोरखा–२ नछाड्ने अवस्था आएपछि उनी कांग्रेससँग तालमेल गर्ने निर्णयमा पुगे ।
स्थानीय तहको निर्वाचन नतिजा आधारमा करिब बराबर जस्तो भोट भएका यी दुई शक्तिबीच निकै ठुलो प्रतिस्पर्धा हुने देखिएको छ ।
संबिधान सभाको चुनाबमा ३ वटा क्षेत्र रहेको गोरखा अहिलेको नयाँ संरचनाअनुसार २ वटा क्षेत्र मात्रै कायम भएका छन् । ३ क्षेत्र कायम हूँदा भएका संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार डा. भट्टराई सहित उक्त पार्टीका उमेदवार भारी मत अन्तरले विजयी भएका थिए । तर, भट्टराईले नयाँ शक्ति पार्टी खोल्नाले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नतिजा भने निकै फरक आयो ।
बाम गठबन्धन र नयाँ शक्ति–कांग्रेसबीच तालमेल हुने भएपछि नतिजा के होला कस्तो होला भन्ने सबैको चासोको विषय बनेको छ । त्यसमा पनि गोरखा क्षेत्र नं २ मा बाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति– कांग्रेसको तर्फबाट डा. बाबुराम भट्टराई उम्मेदवार बन्ने भएपछि अझ प्रतिस्पर्धा कडा बन्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्