वीरगञ्ज महानगरपालिकाको मेयरमा २ जना उम्मेदवारी दर्ता

पर्सा– राजनीतिक दलहरु उम्मेदवारको बिषयलाई लिएर अन्तिम निष्कर्षमा नपुग्दै वीगरञ्ज महानगरको मेयरमा पहिला दुई स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ ।
बुधबार स्वतन्त्रबाट लक्ष्मण साह तेली र सम्बृद्ध मधेस नागरिक अभियानबाट मोहम्मद रजले उम्मेदवारी दर्ता गराएका हुन् । राजनीतिक दलका उम्मेदवार भने अहिलेसम्म उम्मेदवारी दर्ता गर्न पुगिसकेका छैनन् ।
असोज २ मा ८ जिल्लाका १३६ स्थानीय तहमा चुनाव हुदैछ । यी स्थानीय तहबाट ६,६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । तेस्रो चरणमा हुने निर्वाचनमा मतदाताको संख्या २६ लाख ६४ हजार ९ सय ५० छ । एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्