परराष्ट्रमन्त्री ज्ञवाली चीनमा : आज उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं  । चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज चिनियाँ उपराष्ट्रपति र विदेशमन्त्रीसँग वेग्लावेग्लै भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ उपराष्ट्रपति वाङ छिसान र आफ्ना समकक्षी वाङ यीसँग भेट गर्नुहुने कार्यक्रम तय भएको छ ।

सुरुमा उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेपछि समकक्षी वाङसँग दिवाभोजसहित औपचारिक वार्ता गर्नुहुने छ । विशेषगरि द्विपक्षीय हित र प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा भेटमा छलफल हुने बुझिएको छ । भेटवार्तापछि दुवै विदेशमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ थिंक ट्यांकले आयोजनागर्ने कार्यक्रममा सम्बोधन गर्नुहुनेछ । त्यसपछि उहाँ सिचुवान प्रान्तको छेन्दु जाने कार्यक्रम छ । मन्त्री ज्ञवालीले त्याहाँका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुका साथै सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनको ६ दिने औपचारिक भ्रमणमा रहेको उहाँसहितको टोली शनिबार फर्किने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्