परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणमा तातोपानी नाका उच्च प्राथमिकतामा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो चीन भ्रमणमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने बताउनुभएको छ ।
चीनका विदेशमन्त्री वाङ चीको निमन्त्रणमा आज राति बेइजिङ जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले देउवा सरकारले गरेका निर्णय के गर्ने भन्ने विषय टुंगो नलागेकोले आफ्नो भ्रमणका बारेमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले बुढीगण्डकीको बारेमा छलफल नभए पनि तातोपानी नाका खुलाउने विषयमा भने कुरा हुने र छिटै नै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भ्रमणका विषयमा चीनका राष्ट्रपती सि जिङ पिङको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल हुने जानकारी दिनुभयो ।
उहाँले यो भ्रमण दुइ देशबीचको सम्बन्ध कसरी अझै प्रगाढ बनाउन सकिन्छ भन्ने बारेमै केन्द्रीत रहने तर योसँगै दुई देशका राष्ट्रप्रमुखको भ्रमणबारेमा पनि छलफल हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्