निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यमन्त्री पोखरेलद्वारा अनुगमन

काठमाडौं ।  पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र निरीक्षण गरेका छन् ।

विमानस्थल एक बर्षभित्रै सम्पन्न गर्ने गरी काम गर्न उनले निर्देशन पनि दिए । श्रोत, साधन र जनशक्ति थपेर भएपनि एक वर्षभित्र काम सकाउन उनको निर्देशन छ ।

मूख्यमन्त्री पोखरेलसहितको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, रन वे, प्रशासनिक भवन, विमान सेफ्टी एरियालगायत स्थानको स्थलगत निरीक्षण गरेको हो ।

सन् २०१९ को मध्यतिर सक्ने गरी विमानस्थलको काम भइरहेको छ । आयोजनाले सन् २०१९ साललाई अपरेशन वर्षको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्