परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, प्रधानमन्त्रीको चीन भ्रमणको तयारी प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा रहनुभएको छ ।
प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्रमन्त्रीको भ्रमणपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय हुने छ ।
साथै २ वर्षअधि प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताबारेपनि बेइजिङमा छलफल हुने परराष्ट्रमन्त्रालयका एक अधिकारीले जनाएका छन् । दुर्ई वर्षअघि प्रधानमन्त्री ओली र निचियाँ समकक्षीबीच १० बुँदै सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्