महिला हिंसाको घटनामा संलग्नलाई कडा कारवाही गर्न कानुन संशोधनको गृहकार्य भइरहेको छ : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि वर्तमान कानुन संशोधन आवश्यक रहेको बताएकी छिन ।

रघुगंगा गाउँपालिका – १ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको आज थालनी गर्दै उनले बलात्कारलगायत महिला हिंसाको घटनामा संलग्नलाई कडा कारवाही गर्न कानुन संशोधनको गृहकार्य गरिरहेको बताईन ।

‘चार पाँच वर्षका बालिका र अपांगता भएका महिलामाथि पनि बलात्कार जस्ता जघन्य अपराध हुने गरेको छ, यस्तो घटनामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको कानून आवश्यक छ’– मन्त्री थापाले भने ।

महादेव माविको पुनःनिर्माणका लागि प्रवासी बेगखोलाबासीले झण्डै दुई करोड रुपैयाँ संकलन गर्ने गरी अभियान थालनी गरेको भन्दै उनले उक्त कार्यको प्रशंसा गरे । जन्मथलोको विकासमा प्रवासीले देखाएको अनुकरणीय कार्यको सरकारले उच्च प्रसंसा गर्ने बताउँदै उहाँले सबै नेपालीहरुको साथ र सहयोगले मात्रै मुलुकको विकास र समृद्धि हासिल हुने बताईन ।

सो अवसरमा एनआरएन युकेका अध्यक्ष एवं बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको पुनःनिर्माण अभियानमा एक करोड ३३ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्