परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै , दुई प्रधानमन्त्रीको भ्रमणबारे छलफल हुने

काठमाडाै। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा जाने भएका छन् । । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवालीले चीनको भ्रमण गर्ने चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आफू भारत भ्रमणबाट फर्केको एक सातापछि निकट भविष्यमा हुने आफ्नो चीन भ्रमण र चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणबारे छलफलका लागि परराष्ट्रमन्त्रीलाई त्यसतर्फ पठाउन लागेका हुन् ।
परराष्ट्रमन्त्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै नेपाल र चीनबीच भएका दुईपक्षीय सहकार्यको ‘रिभ्यु’ गर्नेछन् । चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीनसमेत हेर्ने उत्तरपूर्वी महाशाखाका दुई अधिकारी र आफ्ना निजी सचिवसहित ६ दिने भ्रमणमा जान लागेका हुन् ।
उनको भ्रमणलाई ‘सदभावना’ भनिए पनि आगामी केही महिनाभित्र प्रधानमन्त्रीस्तरमा चीनतर्फ भ्रमण गराउन पहल हुने अधिकारीहरु बताउँछन् । ज्ञवालीले भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्