सुरक्षाको प्रमुख चुनौती, आतंककारी गतिविधि : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको सुरक्षा प्रमुख चुनौती आतंककारी गतिविधि भएको बताएका छन् ।
उनले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ’राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायहरुबीच असरदार समन्वय बनाउनु जरुरी छ ।’ उनले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन् ।
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिकरहुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आजश्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्