माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ नेकपा एमालेसँग वाम गठवन्धन गरेको गरे संगै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो ।
सरकार बाहिरिने अघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो तर प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट भएर यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्