गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखियो
काठमाडौं, २५ जेष्ठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ।नगरपालिकाको वडा(९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।
नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्यायका अनुसार पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि भएको छ ।
‘उहाँको अनुासर सबै संक्रमित बालबालिकाको अवस्था सामान्य छ । उक्त विद्यालयका १५–१६ जना बालबालिकामा लक्षण देखिएको छ’ उपाध्यायले भने, ‘लक्षण देखिएका बालबालिकालाई आइशोलेसन गरेर राखेका छौं।’
होस्टेलसहितको विद्यालयमा कर्मचारी र विद्यार्थी गरी ५६० जना छन् । संक्रमण पुष्टि भएका बालबालिका १५ बर्ष मुनिका छन्। कसरी दादुराको संक्रमण फैलियो भन्ने बिषयमा अनुसन्धान भइरहेको उपाध्यायले बताए।
‘बौद्ध विद्यालयमा विभिन्न जिल्लाबाट आएका बालबालिका छन्। दादुरा विरुद्धको खोप लगाएका छन् कि छैइनन् भनेर खोजी गरिरहेका छौं। उहाँहरुको अभिभावक काठमाडौंमा हुनुहुन्न। टोलिफोन सम्पर्क गरी सोधिखोजी गरिरहेका छौं’ उपाध्यायले भने, ‘थप संक्रमणलाई फैलिन नदिनका लागि तुरुन्तै खोप लगाउने तयारीमा जुटेका छौं।’
स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाहरूले ९ र १५ महिनाको उमेरमा दुई पटक बालबालिकालाई निःशुल्क दादुराविरुद्धको खोप दिंदै आएका छन् ।
स
राष्ट्रिय तथा स्थानीय तहमा दादुरा प्रकोप तथा त्यसबाट हुने मृत्युको रोकथामका लागि ‘एमसीभी १’ र ‘एमसीभी २’ नामक खोप देशको कुल जनसंख्याको ९५ प्रतिशतलाई लगाउनु पर्दछ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६(७७ मा दादुरा(रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ७०।७ प्रतिशत छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७(७८ उक्त दर ८०।९ प्रतिशतमा पुग्यो। आर्थिक वर्ष २०७८(७९ मा यो कभरेज दर ९२। ८ प्रतिशत पुग्यो। पछिल्ला केही वर्षमा दादुराको खोप लगाउने संख्यामा वृद्धि भएतापनि पूर्ण रुपमा अझै बालबालिकाले खोप पाएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण(२०२२ को पछिल्लो प्रतिवेदनले नियमित खोप ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाएका छन्।
यस्तै, दादुरा, रुबेलाको दोस्रो मात्रा आर्थिक बर्ष २०७७÷ ०७८ मा ४ लाख ८२ हजार, आर्थिक बर्ष २०७८र ०७९ मा ४ लाख ८० हजार र आर्थिक बर्ष २०७९र ०८० फागुनसम्म ३ लाख ६२ हजार बालबालिकामात्रै खोप पाएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार दादुराविरुद्धको खोप नलगाएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएका मानिसमा फैलिएर प्रकोपको रूप लिन्छ।
देशका विभिन्न भागमा दादुराको नियमित प्रकोप बढ्नुमा खोपको न्यून कभरेज, बढ्दो जनसंख्या, नागरिकमा अझै खोप महत्वको जनचेतनाको अभाव र सम्बन्धित सरकारी निकायको उदासीनता रहेको विज्ञहरु बताउँछन् ।
के हो दादुरा ?
दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग ह। यो साना बालबालिकामा हुने मृत्यु र विकलाङ्गताको समेत प्रमुख कारक हो। चिकित्सकका अनुसार कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ। रुबेला पनि भाइरस ९रुवेला भाइरस०कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो।
यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकाहरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा संक्रमण भएमा यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ।
यी रोगहरू सामन्यतः पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नलिई एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ ।
दादुराको संक्रमण खोक्दा वा हाच्छ्यू गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स(साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।
दादुराको सामान्य लक्षण हो(तीव्र ज्वरो आउनु।ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०(१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ।
दादुरा संक्रमित व्यक्तिलाई डावर र बिमिरा देखा पर्नेभन्दा ४ दिन अगाडिदेखि र डाबर देखा परेको ४ दिन पछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ।
दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा(खोकी लाग्ने गर्छ। आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ।केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ।
बिमिरा तीन दिनपछि फैलिन्छ र हात(खुट्टामा समेत देखिन थाल्छ र ५(६ दिनपछि आफैँ फोस्रिँदै जान्छ। दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ।
चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन। दादुरा रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगि लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ ।
तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ। राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ।
दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो। त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ।
रकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ। तर, हरेक वर्ष देशका विभिन्न भागमा दादुरा आउटब्रेक भएकाले उक्त लक्ष्यमा पुग्न चुनौती थपिएको छ। गत माघमा बाँकेमा दादुरा महमारीमाको रुपमा फैलिएको थियो।
नेपालगञ्जबाट सुरु भएको दादुरा खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका हुँदै जिल्लाको पश्चिममा रहेको नरैनापुर गाउँपालिकासम्म फैलिएको थियो ।
त्यस्तै, २०७६ चैतमा धादिङमा दादुरा(रुबेलाबाट दुई बालकको मृत्यु भएको थियो भने १५० जनाभन्दा बढी संक्रमित भएका थिए।
नेपालमा दादुराको खोप अभियान सन् २००४ सालदेखि सुरु भएको हो। धेरै मानिसमा पहिलो डोजको प्रयोग भइपछि दोस्रो डोजबारे कम जानकारी हुनुले वा दोस्रो डोजको कभरेज कम हुनुले निवारणमा थप चुनौती आइपरेको विज्ञहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्