माथिल्लो तामाकोसी आयोजनाको प्रधानमन्त्री र उर्जामन्त्रीले अवलाेकन गर्ने

काठमाडौं भारतीय कम्पनीको ढिलासुस्तीका कारण निर्माण कार्य सुस्त भएको गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको  स्थलगत निरिक्षण गर्नुहुँदैछ ।

प्रधानमन्त्रीसँगै उर्जामन्त्री वर्षमान पुन, चिनियाँ राजदूत यू होङ लगायत सरकारी प्रतिनिधि टोली आज स्थलगत अध्ययनका लागि जान लागेको हो ।

हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा गरेको ढिलाईका  कारण आयोजना समयमै पूरा नहुने र लागत बढ्ने देखिएपछि प्रधानमन्त्री आफैंले निरिक्षण गर्न लाग्नुभएको हो ।

दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको ब्रेक थ्रु भइसकेको भएपनि भारतीय कम्पनीले आफ्नो भागमा परेको काममा ढिलाई गरेपछि आयोजनाको काममा ढिलासुस्ती भएको हो ।

प्रतिक्रिया दिनुहोस्