एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा !

काठमाडौं । एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । कार्यदलले बुझाएको प्रतिवेदन र विवादित विषयहरुमा सहमति खोज्न बैठक बस्न लागेको हो ।

यही बैशाख ९ गते पार्टी एकता गर्ने तयारीमा रहेको र एकता प्रकृयामा देखिएका सबै विषयलाई जतिसक्दो छिटो टुङ्याउने गरि छलफल अघि बढेको एमाले नेता सुवास नेम्वाङले बताउनुभयो । एकता प्रकृयामा अधिकांस विषयमा सहमति भइसकेपनि केन्द्रीय समितिमा दुबै दलका कति जना सहभागि गराउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

एमालेले जनमतका आधारमा केन्द्रीय समिति निर्माण गर्नुपर्ने भनेको छ भने माओवादीले बराबरी राख्नुपर्ने अडान राख्दै आएको छ । समितिको आज बस्ने बैठक मुख्य गरि केन्द्रीय पदाधिकारीकै विषयमा केन्द्रीत रहने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्