अर्थविद् विश्व पौडेल अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौँ, बैशाख ७ । अर्थविद् विश्व पौडेल अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन्।

राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्।

उनी संसदीय निर्वाचनमा चितवन १बाट उम्मेदवार समेत बनेका थिए। तर उनी पराजित भए। उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन्।

चालू आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो महत्वपूर्ण योगदान रहेको दाबी गर्ने पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थ मन्त्रालय आएका छन्।

त्यसैगरी अन्य दुई सल्लाहकार पनि नियुक्त भएका छन्। अर्थविद् डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई सल्लाहकारमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्