श्वेतपत्र अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको कांग्रेसको ठहर, २४ बूँदे आलोचना
काठमाडौँ । सरकारले केही दिनअघि जारी गरेको श्वेतपत्रलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गरेको छ।
श्वेतपत्रबारे कांग्रेसले आज पत्रकार सम्मेलन गरी २४ बूँदे आलोचना सार्वजनिक गरेको छ।
अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्ने आफूहरुको कर्तव्य रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।
बितेको २५ वर्षमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्यलाई श्वेतपत्रमा कतै उल्लेख नभएकोमा कांग्रेसले प्रश्न उठाएको छ।
कांग्रेसको अर्थनीति गलत छ भन्ने तर केही पपुलिस्ट कार्यक्रम गाँसेर कांग्रेसले रोजेकै अर्थनीति पछ्याउने कर्म विगतमा कम्युनिस्ट नेतृत्वको सरकार र अर्थमन्त्रीहरुले गरेको आरोप लगायँदै हिँडन नचाहेको तर छोड्न पनि नसक्ने अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको मनोवैज्ञानिक जमिनमा श्वेतपत्र उभिएको कांग्रेसले बताएको छ।
प्रतिक्रिया दिनुहोस्