प्रधानमन्त्री ओलीले आज सत्तारुढ दलसँग छलफल गर्दै , भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउने

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सत्तारुढ दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । आफ्नो तीन दिने भारत भ्रमणका क्रममा भएका छलफल र त्यसको उपलब्धिका विषयमा प्रधानमन्त्रीले नेताहरुलाई जनकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमाले उच्चतहका नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । छलफलमा पार्टी एकताका विषयमा पनि कुराकानी हुने जनाइएको छ । आजै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग पनि छलफल गर्नुहुनेछ ।

भारतसँग भएको सहमतिको कार्यान्वयन अगाडी बढाउने विषयमा उहाँले निर्देशन दिने तयारी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्