धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : केही दिनमै सेयर बजारमा राम्रो नतिजा ल्याउनु
काठमाडौं, चैत २० । अर्थमन्त्री डा. प्रकाशरण महतले नेपाल धितोपत्र बोर्डलाई कही दिनभित्र नै पूँजीबजारमा सकारात्कक नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।
सोमबार महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भेटेर यस्तो निर्देशन दिएका हुन् ।
उनले छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग सोमबार बिहान भेटेलगत्तै धितोपत्र बोर्ड अध्यक्ष हमाललाई भेटेका हुन् ।
त्यस्तै महतले पछिल्लो समय बढ्दो बैंकको ब्याजदर र तरलताका विषयमा चासो राखेका छन् ।
सोमबार बैंक ब्याजदर र अहिलेको अवस्थाका बारेमा मन्त्रालयमा नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीसँग भएको छलफलमा उनले सो विषयमा चासो देखाएका हुन् ।
उनले बैंकर्ससँग बैंकको ब्याजदर घटाउन र कर्जा प्रवाहको अवस्था सहज बनाउन समेत आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री महतले बैंकिङ क्षेत्रको समस्या समाधानमा पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
बैंकर्सहरूले बैंकिङ क्षेत्रमा अहिले स्थिति सहज बन्दै गएको ब्याजदर घट्ने चरणमा रहेकोले विस्तारै समस्या समाधान उन्मुख भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्