नेपाल भारत बिच के के भयो त समझदारी र घोषणा भिडियो सहित हेर्नुहोस्
काठमाडौं । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकार नेपाली जनताको साझा लक्ष्य आर्थिक समृद्धि भएको बताएका छन् ।
आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले सामाजिक–आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा आफू नेतृत्वको सरकारको लक्ष्य र उद्देश्य भएका हुन् ।
प्रधानमनत्री ओली भने , “संक्रमणकालको अन्त्यसँगै आर्थिक विकासको युगमा नेपाल प्रवेश गरेको छ । यस्तो अवस्थामा छिमेकीको हामीलाई साथ, सहयोग र समर्थन चाहिन्छ ।”
पारस्परिक विश्वासमा आधारित नेपाल–भारत सम्बन्धलाई यो भ्रमणले नमूनाका रुपमा विकास गर्ने नेपालको चाहनालाई मुखरित गर्दैै उनले त्यस निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट निर्वाह भएको भूमिकाको सराहना गरे ।
समानता, न्याय, पारस्परिक सम्बन्ध र नेपाल र भारतका साझा धारणा भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण सह–अस्तित्व तथा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाएकाृ बताए । प्रधानमन्त्री ओलीले उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुने बताए । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उपाय र पारस्पारिक लाभका खातिर अवसरहरुको खोजी गर्न आफू भारत भ्रमणमा आएको स्पष्ट गर्दै उहाँले प्रधानमन्त्री मोदीसँग आपसी सम्बन्धका सबै विषयमा विचारविमर्श सहित छलफल भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले शताब्दिऔं पुरानो नेपाल–भारत सम्बन्धका सबै पक्षलाई २१औं शताब्दी सुहाउँदो तुल्याउन दुबै देशका उच्च कूटनीतिक तहमा गठन भएको प्रवुद्ध व्यक्ति समूह (इपिजी) लगायत सबै विषयमा रचनात्मक छलफल भएको जानकारी पनि दिए। उनले बितेका दुई दशकमा भारतले हासिल गरेको विकास र समृद्धि नेपालका निम्ति अवसर भएको बताउँदै उहाँले नेपालीलाई ‘सुखी’ तुल्याउने आफ्नो प्रयासमा भारतबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, कृषिमा साझेदारी, स्थल, जल र कागो मार्गबाट नेपाललाई सम्पर्क सञ्जालमा समावेश गर्ने आफ्नो उद्देश्य पूरा गर्न भारतीय प्रधानमन्त्री मोदीले समुद्रसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने घोषणा गर्नुभएकामा हार्दिक आभार व्यक्त गरे । नेपालको उपयोग हुन नसकेको अपार जलस्रोतको विकासमा लगानी गर्न भारतका निजी तथा सार्वजनिक क्षेत्रलाई आह्वान गर्नुभयो र माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरलगायत विशाल परियोजनालाई गति दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले दुबै देशका ऊर्जा आवश्यकता सम्बोधन गर्न ऊर्जा बैंकको स्थापना, नयाँ प्रशारण लाइन निर्माण, बाढी तथा डुबान नियन्त्रणलगायत दुबै देशका जनताले भोग्नुपरेका समस्याको उपयुक्त समाधानका निम्ति संयुक्त प्रयास गर्न प्रधानमन्त्री मोदी सहमत भएको बताए । प्रधानमन्त्री मोदीले आफ्नो भाषणको प्रारम्भ नेपाली भाषामा गर्दै आफ्नो ‘सबैको साथ, सबैको विकास’ नारा र आफ्ना नेपाली समकक्षीको ‘समृद्ध नेपालः सुखी नेपाली’ नारा एक अर्काका परिपूरक भएका बताए ।
“जनताको सुख, शान्ति र समृद्धि हाम्रा साझा लक्ष्य हुन्, त्यसमा नै हामी केन्द्रित छौं, जनताका आकांक्षा हामी पूरा गर्छौं,” उनले भने – “नेपालको समावेशी विकासको भारत साझेदार बन्नेछ ।” स्थानीय निकाय, प्रान्त र संघीय संसद्को चुनावलाई नेपालको ठूलो उपलब्धिका रुपमा चित्रण गर्दै भारतका प्रधानमन्त्री मोदीले राजनीतिक इतिहासको नयाँ युगमा नेपाल प्रवेश गरेकोमा आभार प्रकट गरे ।
प्रधानमन्त्रीका्े यो भ्रमणले नेपालको अािर्थक। समाजिक, कुटनीतिक र पारस्पारिक सम्बन्धमा नया आयम थपिएको छ । कृषि अनुसन्धानमा दुवै सहकार्य गर्ने सहमती भएको छ ।
हेर्नुस भिडियो
https://youtu.be/LJtI_KC0ftU
प्रतिक्रिया दिनुहोस्