राजपामा आधा दर्जन अध्यक्ष – व्यवस्थापन गर्नै गाह्रो !

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका ६ जना अध्यक्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ ।

खासगरी महाधिवेशनपछि ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ ।

पार्टीको पहिलो महाधिवेशन आगामी कात्तिकमा गर्ने तयारी पार्टीका नेताहरुले गरेका छन् ।  आगमी बैशाख ८ गते बस्ने राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तिथि तय गर्ने पार्टीका नेताहरुले बताएका छन् ।

अध्यक्षमण्डल बनाई चलेको पार्टीमा हरेक निर्णय ६ जनाको बैठकमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्