जिम्मेवार भई पत्रकारिता गर्न मालेको आग्रह
काठमाडौं । नेकपा (माले)ले खबर डबलीमा प्रकाशित समाचारको विषयलाई लिएर जिम्मेवार भई पत्रकारिता गर्न आग्रह गरेको छ ।
नेकपा (माले)ले आज एक विज्ञप्ति जारी गर्दै केहि अनलनईन सञ्चार माध्यमले नेकपा (माले) र विप्लव नेतृत्वको पार्टी नेकपासंग पार्टी एकता सम्बन्धी एकता वार्ता भएको सन्दर्भमा निराधार र कपोल कल्पित हिसाबले प्रकाशित गरेको ठहर गर्दै यस्ता निराधार र कपोल कल्पिते समाचार प्रकाशित नगर्न अग्रह गरेको हो । पार्टीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “त्यस कृत्यको हामी निन्दा र खण्डन समेत गर्दछौं । हाम्रो पार्टी नेकपा (माले) र विप्लव नेतृत्वको पार्टी नेकपासंग पार्टी एकता सम्बन्धी कुनै पनि वार्ता भएको छैन र जसरी अनलाईनले पदीय भागबण्डाका कुराहरु समेत प्रवक्ताको नाम मुछेर प्रकाशित गरेको छ त्यो कुरा सरासर झुटो हो ।” यसरी पीत पत्रकारिताको नगर्न समेत पार्टीका प्रवक्ता कुमार बेलवासेद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्