कांग्रेस बैठक अब वैशाख पहिलो सातामा बस्ने

काठमाडौं । नेता खुमबहादुर खड्कोको निधनपछि स्थगित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब वैशाख पहिलो साता मात्र बस्ने भएको छ ।

गएको ९ चैतमा निर्वाचन समीक्षाका लागि सुरु कांग्रेस बैठक १८ गते नेता सख्काको निधनप्रति शोक व्यक्त गर्दै स्थगित भएको थियो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खड्काको निधनको १३ दिनसम्म कार्यसमिति बैठक गर्ने योजना छैन ।

प्रतिक्रिया दिनुहोस्