कांग्रेस नेता सिंहद्वारा पार्टी सभापति देउवाको चर्को आलोचना

काठमाण्डाैं ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु भएको छ ।

नेता सिंहले पार्टीमा विद्यमान चुनौतिलाई चिरेर अघि बढन आवश्यक नीति तथा कार्यक्रम तत्काल तय गर्न पनि सभापति देउवालाई दवाव दिनु भयो ।

पार्टी निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेकै कारण पार्टी सामू चुनौति थपिदै गएको पनि दावी गर्नु भयो । उहाँले जनताको अपेक्षा भन्दा पनि व्यक्तिको पछि लाग्ने प्रवृत्तिका कारण पार्टी कमजोर भन्दै गएको पनि बताउनु भयो ।

काँग्रेस नेता सिंहले जनताको समृद्धिको चाहनालाई पूरा गर्न वित्तीय क्षेत्र अनुशासित हुनुपर्ने धारणा पनि राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्