सर्वसाधारणलाई मूल्य बढ्ने त्रास, एक वर्षसम्म १० प्रतिशतले बढ्ने

काठमाडौं, फागुन १९ ।  नेपालमा मूल्य वृद्धिको त्रास बढेको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा ८४.६ प्रतिशत मानिसले तीन महिनामा मूल्यवृद्धि हुने बताएका हुन्।

त्यसैगरी, ९२.३ प्रतिशतले आगामी एक वर्षसम्मा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ।

गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि कम हुने सर्वेक्षणले देखिएको हो।

खाद्यका साथै खाद्य वस्तुहरु माछा, मासु, दूध तथा घ्यू; पेय पदार्थ तथा सुर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य वृद्धि कम हुँदै जाने बताइएको छ।

तीन महिनापछि र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ।

तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्