भारतबाट ग्यासको मूल्य बढेर आयो,  डिजेल र पेट्रोलको मूल्य भने घट्यो 

काठमाडौं, फागुन १७ ।  भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा पठाउने मूल्य सूची अनुरुप पठाएको नयाँ सूचीमा एलपी ग्यासको मुल्य बढाएर पठाएको हो ।

योसहित ग्यासमा प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान हुने निगमले जनाएको छ ।

त्यस्तै ग्यासको मूल्य नबढाएमा हालको खपतअनुसार निगमलाई १५ दिनमा ९३ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ ।

त्यस्तै भारतबाट ग्यासको मूल्य बढेर आए पनि डिजेल र पेट्रोलको मूल्य भने घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा तथा पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्