विनोद चौधरीलाई भारत भ्रमण टोलीबाट हटाए ओलीले , अरु को को जाँदै छन् ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको सूचीबाट हटाएका छन् ।

नेपालका एकमात्रै खर्बपति चौधरीको नाम काँग्रेसकै भएका कारण हटाइएको जनाइएको छ । यसअघि एमालेबाट सांसद बनेका चौधरी कम्युनिष्ट पार्टीहरूप्रतिको वितृष्णाका कारण कांग्रेस प्रवेश गरेका थिए ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै छन् ।

प्रधानमन्त्री ओलीको टोलीमा कम्तिमा पनि ५० जनासम्म हुनेछन् । प्रधानमन्त्रीबाहेक तीनजना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, सञ्चारमाध्यमका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरूलगायत झण्डै ५० जनासम्म हुने उच्च स्रोतको भनाइ छ ।

टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो ।

ओलीले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट प्रतिनिधिहरू समेट्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्