राजपा बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकले पार्टीको विधान, नियमावली र निर्देशिका लगायतका विषयमा छलफल गर्ने पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
पार्टीले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेक चयन गर्न नसक्दा सदनमा निभाउनुपर्ने भूमिका शसक्त रुपमा निभाउन सकेको छैन ।बैठकमा आज सबै विषयमा छलफल हुने र जतिसक्दो चाँडो रिक्त पदहरु पुर्ती गर्न आवश्यक तयारी अगाडि बढाइने महासचिव झाले बताउनुभयो ।
हिजो बसेको अध्यक्ष मण्डलको बैठकले बैशाख ८ गते राजनीतिक समितिको बैठकको मिति तय गरिसकेको छ । राजनीतिक समितिको बैठक बस्नु अघि सबै विषयलाई टुंगो लगाइसक्ने गरि काम गरिने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्