८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा नहुने, यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

काठमाडौं, माघ २९ ।  सरकारले बजेटको आकार संशोधन गरेको छ। १७ खर्ब ९३ अर्ब विनियोजन गरे पनि मध्यावधि समीक्षामार्फत आकार २ खर्ब ४४ अर्बले घटाइएको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १४ प्रतिशतले बजेटको आकार घटाएको संसदलाई जानकारी दिएका हुन्।यसअनुसार कुल बजेट आकार १५ खर्ब ४९ अर्ब रुपैयाँमा घटाइएको हो।

‘चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ’, मन्त्री पौडेलले भने। जुन सुरु विनियोजनको ८६.३७ प्रतिशत मात्र हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन गरिएकोमा सरकारले ३ खर्ब १३ अर्ब ८५ करोड मात्र हुने संशोधित अनुमान गरेको छ। यो भनेको सुरु विनियोजनको ८२.५१ प्रतिशत हो।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड विनियोजन गरिएकामा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान गरेको पौडेलले उल्लेख गरे। जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत हो।

मध्यावधि समीक्षाको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्