नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने

नेपाल कम्युनिष्ट पार्टीले आगामी मार्ग १० र २१ गते हुने संसदीय निर्वाचनमा भाग नलिने
निर्णय गरेको छ । पार्टीले आज एक विज्ञप्ति निकालदै आगामी मार्ग १० र २१ गते हुने संसदीय निर्वाचनमा सहभागी
नहुने निर्णय सार्वजनीक गरहको हो ।
पार्टी अध्यक्ष ऋषिराम कट्टेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , सर्वप्रथम जुन संविधान अन्तरगत यो निर्वाचन गराउने भनिएकोछ यो संविधान निर्मण गर्ने संविधान
सभा असंवैधानिक रेग्मी सरकारको मातहत जनआन्दोलनको जनादेश विपरित गठन गरिएको हो । पार्टीले नेपाली जनतालाई विभजित गरी गरिएको यो संविधान सभा र यसले जारी गरेको संविधान ले जनआन्दोलन २०६२/०६३ को वैधानीकता स्वतः गुमाएको जनाएको छ । यसमा पनि कथित संविधान सभामै रहेका कतिपय दलहरुले समेत अस्विकार गरेका मात्र हैन
संविधान जारी गर्न आफैले वनाएको प्रक्रिया र पद्धति समेत लाई वेवास्ता गर्दै विपक्षमा मतराख्ने ५०सौ
नागरिकहरुको हत्या गरेर कफ्र्यु आदेशका बीच जारी गरेको यो संविधान स्वतः जनविरोधी संविधान हो ।
तीन दलीय सिण्डिकेट को हित रक्षा गर्न वनाईको यो संविधान अन्तरगत हुने निर्वाचनले ,मजदुर लगायत आम उत्पीडित वर्ग र समुदायको पहुँच र प्रतिनिधित्व गराउन नसक्ने जनाएको छ । देश माफियाको नियन्त्रणमा भएकोले यो निर्वाचनले माफियाका प्रतिनिधिहरु लाई कथित वैधानिकताको
खोल ओडाउने कामको संज्ञ दिएको छ । पार्टीले ािर्वाचनलाई देशमा दुई दलीय अधिनायक वाद स्थापित गर्न मञ्चन गरिएको भद्दा नाटक मात्र भएको जनाएको छ ।
विज्ञप्तिको पूर्णपाठ ः

 

नेपाल कम्युनिष्ट पार्टी 

केन्द्रीय कार्यालय्, धोबिधारा काठ्मान्डौ, फोन्: ४४४१९४७                               

प्रेस विज्ञप्ति

२९ आस्विन २०७४

कथित संसदीय निर्वाचनमा सहभागी नहुने ।

नेपाल कम्युनिष्ट पार्टीले आगामी मार्ग १० र २१ गते हुने भनिएको कथित संसदीय निर्वाचनमा सहभागी नहुने वारे गरेको निर्णय सार्वजनिक जानकारीको लागि यो प्रेस विज्ञप्ति मार्फत जारी गरिएको छ ।
१) सर्वप्रथम जुन संविधान अन्तरगत यो निर्वाचन गराउने भनिएकोछ यो संविधान निर्मण गर्ने संविधान सभा असंवैधानिक रेग्मी सरकारको मातहत जनआन्दोलनको जनादेश विपरित गठन गरिएको हो । नेपाली जनतालाई विभजित गरी गरिएको यो संविधान सभा र यसले जारी गरेको संविधान ले जनआन्दोलन २०६२÷०६३ को वैधानीकता स्वतः गुमाएको छ ।

२) यसमा पनि कथित संविधान सभामै रहेका कतिपय दलहरुले समेत अस्विकार गरेका मात्र हैन संविधान जारी गर्न आफैले वनाएको प्रक्रिया र पद्धति समेत लाई वेवास्ता गर्दै विपक्षमा मतराख्ने ५०सौ नागरिकहरुको हत्या गरेर कफ्र्यु आदेशका बीच जारी गरेको यो संविधान स्वतः जनविरोधी संविधान हो ।
३) तीन दलीय सिण्डिकेट को हित रक्षा गर्न वनाईको यो संविधान अन्तरगत हुने निर्वाचन ले किशान ,मजदुर लगायत आम उत्पीडित वर्ग र समुदायको पहुँच र प्रतिनिधित्व गराउन सक्दैन । सिङ्गो देश माफियाको नियन्त्रणमा भएकोले यो निर्वाचनले माफियाका प्रतिनिधिहरु लाई कथित वैधानिकताको खोल ओडाउने काम मात्र गर्दछ ।

४) यो निर्वाचन देशमा दुई दलीय अधिनायक वाद स्थापित गर्न मञ्चन गरिएको भद्दा नाटक मात्र हो भन्नेकुरा पछिल्ला घटनाहरुले पुष्टि गरेका छन । निर्वाचन आयोगको निरिहता ,सत्तासिन दलहरुका गतिविधि ,स्थानीय तह देखिनै दलहरुलाई प्रतिवन्ध लगाउने ,त्यतिले नपुगेर थ्रेसहोल्ड लगाउने , सत्ता शक्ति र पैसाको व्यापक प्रयोग जस्ता कुराहरुले यो निर्वाचन धााधली युक्त हुनेकुरा पनि स्वतः प्रष्ट छ ।
५) दलाल, नोकरशाही पूजीवाद तथा सामन्ति राज्य सत्ता लाई संस्थागत गर्न वनेको जनविरोधि संविधान र यसले परिकल्पना गरेको संसदीय प्रणलीले न नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्दछ नत आम उत्पीडित वर्ग र समुदायका जनताको मुक्ति र हकहितको रक्षा गर्न सक्दछ । यसकारण नेपाल कम्युनिष्ट पार्टी यो जनविरोधी व्यवस्था लाई ध्वस्त गरेर जनताको नयाँ जनवादी गणतन्त्र स्थपनागर्ने संघर्षमा समाहित हुन यो तथाकथित निर्वाचन मा सहभागी नहुने निर्णय गर्दछ र आम शोषित पीडित वर्ग र समुदायका जनसमुदाय लाई आफ्नो राज्य व्यवस्था स्थापित गर्ने संघर्षमा अगाडी बड्न अपील गर्दछ । साथै सवै क्रान्ति र परिवर्तन पक्षधर राजनीतिक दलहरु ,पेशा र व्यवसायका जनताहरु, जनताका पक्षधर बुद्धिजीवि, पत्रकार लगायत आम जनसमुदाय लाई यो जनविरोधी व्यबस्थाको भ्रममा नपर्न र जनताको जनवादी गणतन्त्र स्थापना गर्ने संघर्षमा लामवद्धहुन नेपाल कम्युनिष्ट पार्टी आग्रह गर्दछ ।

 

अध्यक्ष ऋषिराम कट्टेल

नेपाल कम्युनिष्ट पार्टी

प्रतिक्रिया दिनुहोस्