६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा २४ प्रतिशतले वृद्धि
काठमाडौं, माघ २३ । चालू आर्थिक वर्षको ६ महिना अवधीमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।गत आर्थिक वर्षको सोही अवधीभन्दा २४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५।७ प्रतिशतले घटेको थियो।
६ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्