एमाले माओवादी एकता घोषणा वैशाख ९ मा ,निर्णय भने पार्टी एकता संयोजन समितिको चैत २२ गते बस्ने बैठकले गर्ने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको दुबै समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुुझाव दिएको छ ।

अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यद्यपी यसबारे निर्णय भने पार्टी एकता संयोजन समितिको चैत २२ गते बस्ने बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्