भारतसंग भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै छिमेकी मुलुकहरुसँग शंका रहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । ओलीले मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हस्तक्षेपका आधारमा हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो प्राथमिकता भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने बताए । ओलीले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने समेत बताए ।

ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए ।

प्रतिक्रिया दिनुहोस्