प्रगतिशील गणतान्त्रिक पक्षधरलाई सहयोग गर्छौँः वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् ।

असोज २२ देखि २६ गतेसम्म सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने स्पष्ट पारे ।

नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै उनले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्