सभामुखमा उमेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय

काठमाडौं , माघ ४ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्